राजनीति

काँग्रेस वरिष्ठ नेता डा कोईरालाको आह्वानः मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं

७ साउन, काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं भनेका छन् ।
उनले आज विहानै ट्वीट गर्दै पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको बताउँदै सबैकोनिष्पक्ष छानविन गर्न आग्रह गरेका छन् ।
उनले यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न भन्दै नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन भनेका छन् । वरिष्ठ नेता डा कोईरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं, भूमी विधेयकमा समितिमा गहन छलफल गरौं भन्ने आह्वान गरेका छन् ।