१० साउन, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशैभरीका प्रमुख ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
कर्णाली प्रदेशका मुख्य २ वटा राजमार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले बताएको हो ।हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ ।
त्यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको प्रहरीले बताएको हो । अविरल वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।





