१० साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्याग्रस्त भएका स्थानको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारमा शनिबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानी र सिंचाईको समस्या विकराल बनिरहेको छ। उनले खानेपानी, सिंचाईको समस्या भएका स्थानहरूको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरू सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सोही स्थानहरूको पहिचान गरी वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरूको पहिचान र वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरू पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्ने बा।ेमा ध्यान दिन निर्देशन दिएका हुन्।





