१२ साउन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्।
न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको हो । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। न्याय परिषदले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो।
त्यस्तै, न्याय परिषदले मानबहादुर कार्कीलाई पनि रजिस्ट्रार सिफारिस गरेको छ ।





