१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक संसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा मंगलबार माओवादी केन्द्रले समाज कल्याण विभागले ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयमा आयोजित छलफलमा उनले यस्तो जोड दिएका हुन् । सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा उनले जोड दिएका छन् । बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भएर सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक भएको अध्यक्ष दाहालले बताएका थिए ।
अध्यक्ष दाहालले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताएका हन् । जनतामा मात्रै नभएर पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष दाहालको निजी सचिवालयले माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोच भन्दा फरक रहेको उल्लेख गरेको हो ।
उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यकता भएको सचिवालयले जनाएको छ ।





