१३ साउन, काठमाडौं। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको छ ।
समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको हो ।





