१४ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बुधबार बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। सम्बोधनका लागि पुगेका प्रधानमन्त्री ओली उनीहरूकै लहरमा नजिकमा बसेका थिए ।
केही दिनअघि प्रतिनिधि सभा बैठकमा सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ सुतिरहेको तस्बिर पनि चर्चामा थियो। करिब ३ करोड नेपाली र विश्वले नै हेरिरहेको प्रतिष्ठित संस्थामा किन मन्त्री र सांसदहरु निदाउछन् ।
जनताले निर्वाचित गराएर पठाएका सांसदहरु नै यसरी निदाएपछि देश र जनताको सेवा कसरी गर्छन् त यी निदाउने सांसद र मन्त्रीले भने प्रश्न समेत उब्जिएको छ ।





