समाज

पशुपतिको बालुवाखानी भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति फैसला सच्याउनुपर्ने माग गर्दै सर्वोच्चमा पुगे

१५ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरको गोठाटारमा रहेको बालुवाखानीको भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिहरू फेरि सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरूले आफूहरूलाई दोषी ठहर गर्दा भएको फैसला दोषी ठहर भएका व्यक्तिरहेको गरेका हुन् । उनीहरुले त्यसलाई सच्याउन माग गर्दै पुनरावलोकनको निवेदन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल, काठमाडौंका स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ र काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भिष्मकुमार मल्लले सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेका हुन् ।

सबै निवेदनको अध्ययनका लागि सर्वोच्च ले बिहीबार पेशी तोकेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले निवेदनहरूको अध्ययन गरेर पुनरावलोकनको अनुमति हुने वा नहुने भन्ने आदेश गर्ने बुझिएको छ । पुनरावलोकनको अनुमति भएका मात्रै त्यो मुद्दा फेरि सुनुवाइ हुने जनाइएको छ ।