राजनीति

पार्टी नेतृत्वले गुट खडा गरेर ठूलो त्रुटी गर्‍यो: स्वास्थ्यमन्त्री पौडेल

१७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टी नेतृत्वले गुट खडा गरेर ठूलो त्रुटी गरेको बताएका छन् ।

काठमाडौंमा शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्नु उचित नहुने उनको भनाइ थियो । पार्टीको नेतृत्व चलाउने नेता भएपछि सबै सदस्यहरुलाई सम्मान व्यवहार गर्नुपर्ने उनको जोड छ ।

स्वार्थ त्यागेर समर्पन गरेर मात्रै राजनीति गर्न सकिने उनको तर्क थियो । स्वार्थका कारण राजनीतिमा लागेका मानिसहरुलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने मन्त्री पौडेलको धारणा छ ।

परिवर्तनका लागि जोखिम मोलेर काम गर्न सक्नुपर्ने उनको भनाइ थियो ।