२० साउन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावना नभएको निष्कर्ष गरेको छ ।
नेकपाको स्थायी कमिटी बैठक सोमबार साँझ बसेको थियो । सोही बैठकले माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको निष्कर्ष गरेको छ । एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने समेत नेकपाले निष्कर्ष निकालेको हो । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।
बैठकमा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर नेकपाले माओवादी केन्द्रसँग एकता नगर्ने निष्कर्ष गरेसँगै तत्कालका लागि एकताको च्याप्टर नै बन्द भएको छ ।





