२१ साउन, काठमाडौं । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ ।
कर्णाली प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सोही अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। बैठकले बुधबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको हो।





