२१ साउन, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेका दलहरुको छलफल अहिले जारी रहेको छ ।
सोही बैठक सिंहदरबारमा रहेको नेकपा माओवादीको संसदीय दलको कार्यालमा जारी रहेको हो । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारेमा केन्द्रित भएर छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
सोही बैठकमा माओवादी केन्द्रसहित ८ राजनीतिक दलका नेताहरुले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित भएर अहिले छलफल गरिरहेका छन् ।





