२४ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९, गाजर (लोकल) प्रतिकिलो १ सय , गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो२५, काउली स्थानीय प्रतिकिलो १सय, काउली स्थानीय (ज्यापु) प्रतिकिलो १ सय १०, काउली तराई प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला लोकल प्रतिकेजी २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १ सय, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १ सय, घिउ सिमी (राज्मा०)प्रतिकिलो १ सय ४०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९० र भिण्डी प्रतिकिलो ६५ कायम गरिएको छ ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५५, रायोसाग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ५०, तोरीको साग प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २ सय , च्याउ ९डल्ले० प्रतिकिलो ५ सय कुरिलो प्रतिकिलो ३ सय ५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २ सय ५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २ सय , रातो बन्दा प्रतिकिलो २ सय ६०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो १३ सय, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो २ सय १०, गान्टेमुला प्रतिकिलो ९०, इमली प्रतिकिलो २ सय, तामा प्रतिकिलो १ सय २०, तोफु प्रतिकिलो १ सय २० र गुन्द्रुक प्रतिकिलो ३ सय तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २सय ५०, स्याउ (फुजी) प्रतिकिलो ३ सय ३०, केरा (दर्जन) १ सय ४०, कागती प्रतिकिलो १ सय ३०, अनार प्रतिकिलो ४ सय, आँप (माल्दह) प्रतिकिलो २ सय, आँप (दशहरी) प्रतिकिलो २००, आँप (चोसा) प्रतिकिलो १ सय ८०, सुन्तला (नेपाली) प्रतिकिलो ३ सय ५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १ सय ६०, जुनार प्रतिकिलो २ सय ४०, भुइँकटहर प्रतिगोटा १ सय ६०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, रुखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २ सय ५०, मेवा (नेपाल) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १ सय, अम्बा प्रतिकिलो २ सय ५०, र लप्सी प्रतिकिलो ६० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १ सय २०, खुर्सानी सुकेको प्रतिकिलो ३ सय ५०, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६०, खुर्सानी हरियो माछे प्रतिकिलो ७०, खुर्सानी अकबरे प्रतिकिलो २ सय ५०, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो १ सय, हरियो धनियाँ प्रतिकिलो ४ सय, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २ सय, लसुन सुकेको (नेपाली) प्रतिकिलो १ सय ६०, छ्यापी सुकेको प्रतिकिलो १ सय ८०, छ्यापी हरियो प्रतिकिलो १ सय ३०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३ सय ३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३ सय , ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३ सय र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।





