२५ साउन, काठमाडौं । कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरुको भीड लागेको छ ।
शुक्रबार राति सोही कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । सोही झडपमा परी एक जना र्कैदीबन्दीको मृत्यु समेत भएको कारागार प्रशासनले जनाएको छ । त्यस्तै, झडपमा परी ४७ जना घाइते भएका थिए । कैदी बन्दीको मृत्यु भएपछि कारागारको अवस्था तनावग्रस्त भएको थियो ।
सोही घटनाको बारेमा अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले ५ सदस्यीय छानविन समिति गठन गरेको छ । सोही समितिले १० दिनभित्रमा घटनाको बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउ प्रशासनले निर्देशन दिएको छ । घटना भएको ३६ घण्टा बितिसक्दा समेत प्रशासनले स्थितिलाई साम्य पार्न सकेको छैन ।
कैदीबन्दीले नै कारागारभित्रबाट ताला लगाएका कारण प्रहरी भित्र जान समेत पाएका छैनन् । जसका कारण कैदीबन्दीहरुका आफन्तहरु भटेर सोधखोज गर्नका लागि आइरहेका छन् । तर आफन्तहरुले आइतबार कैदीबन्दीहरुलाई सहज रुपमा भेट्न भने नसकेको प्रहरीले बताएको हो ।





