२५ साउन, काठमाडौँ । कैदी बन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा हातहतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेको समाचार छ ।
मानवअधिकार आयोगको रोहबरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू कैदी बन्दीको नियन्त्रणमा रहेको उक्त कारागार प्रवेश गरेका हुन् । गत शनिवारदेखि दुई पक्षबिच भएको झडपग्रस्त रहेको कैलाली कारागारमा एक जनाको ज्यान गएको थियो भने केही घाइतेसमेत भएका थिए ।
प्रहरीहरू प्रवेश गर्न नपाएपछि कैलाली कारागार कैदी बन्दीको कब्जामा रहेको थियो । गृहमन्त्री रमेश लेखकले कैदी बन्दीको सुरक्षाका लागि सरकारले कदम चाल्ने र थप क्षति नहुने प्रतिबद्धता जनाएका थिए ।





