समाचार

सरकारले बहुबिाह गर्न पाउने नियम ल्याउने भन्ने हल्ला मात्रै, त्यस्तो कानुनको विपक्षमा छौँ: प्रधानमन्त्री

२८ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले  सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरूले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए ।

बहुविवाह गर्न सरकारले विधेयक ल्याउन लागेको भन्ने हल्लाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् ।