१ भदौ, काठमाडौँ । गुन्डा नाइकेको रूपमा चिनिएको राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज १० करोड चेक बाउन्सको अभियोगमा गोर्खालीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका नेपाली काँग्रेसका नेता रहेका गोर्खालीलाई सुन्धारास्थीत बेबिलन नामक डिस्कोमा रोशन लिम्बूलाई २०५८ सातमा हत्या गरेको अभियोग लागेको थियो ।
गोर्खाली उक्त हत्या अभियोगमा जेल बसिसकेका व्यक्ति हुन् । प्रहरीले गुण्ना नाइकेलाई अप्रेसन गर्ने अभियानअनुसार मिलन चक्रेपछि राजु गोर्खाली परेका देखिएका छन् ।
गुन्डा नाइके मिलन चक्रेपछि राजु गोर्खाली पक्राउ परेका छन् ।





