सामाजिक सञ्जाल

उखु किषानलाई समर्थन गर्दै डा कोईरालाको प्रश्नः कृषिलाई प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर मात्रै हुन्छ र ?

१० भदौ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो, उनीहरुको माग तुरुन्त पुरा गरौं भनेका छन् ।
उनले आज बिहानै ट्वीट गर्दै खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ? कडा प्रश्नसमेत गरेका छन् ।
कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उनको अर्को मार्मिक प्रश्नछ ।

उनको ट्वीटः

खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?
कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?
उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दुःखद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।