२४ भदौ, काठमाडौ । १९ जनाको निधन भईसकेपछि थप आक्रेशित बनेका जेएनजीका युवाहरु मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओबादी अध्यक्ष पुष्पकमल दाहाललगायत बिशिष्ट ब्यक्तीहरुको निवास तोडफोड गरेर काठमाडौंलगायत देशभर आन्दोलन गरि आफ्नो नियन्त्रणमा लिएका उनीहरु अन्ततः सिंहदरबार प्रवेश गरेका छन् ।
आजको जेएनजी आन्दोलनमा भने प्रहरीले फाटफुटबाहेक बल प्रयोग गरेको दनदेखिएको प्रत्यक्षदर्शीहरुको दाबी छ । देशमा ब्यापक भ्रष्टाचार, सामाजिक संजाल बन्दलगायतको बिरोधमा उत्रिएको जेएनजी समूहको आन्दोलनले केपी चोर देश छोड जस्ता नाराहरु लगाउँदै बिशिष्ट ब्यक्तीका घरमा प्रबेश र आगजनीपश्चात मुख्य प्रशाशनिक केन्द्र सिंहदरबार प्रबेश गरेको छ । प्रहरीले सिंहदरबार प्रबेशमा रोक लगाउने वा बल प्रयोग गर्ने भन्ने अन्यौल देखिएके छ । सिंहदरबार प्रवेश गरेमा महत्वपुर्ण सामानहरुसमेत जल्नसक्नेसमेत देखिएको छ । तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुको विकल्प देखिन्न ।




