२७ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले जेएनजीलाई तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली भन्दै तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने भनेका छन् ।
जेएनजीलाई तपाईहरूप्रति असिम सम्मान भनेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्ः
प्रिय JN Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।






