उर्जा

बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रलाई हटाउँदै ल्याईयो मनोज सिलवाल

५ असोज, काठमाडौं । बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ ।

आजै प्रवन्ध निर्देशक हितेन्द्र शाक्यलाई हटाउँदै सरकारले मनोज सिलवाललाई नियुक्त गरेको हो ।


केपी ओली नेतृतवको सरकारले प्रवन्ध निर्देशकमा नियुक्त गरेका हितेन्द्र शाक्यलाई आज हटाइ सरुवा गरिएको हो ।

उर्जामन्त्री बनेका कुलमान घिसिङलाई हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा तत्कालीन उर्जामन्त्री बनेका दिपक खड्काले हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।