१२ कात्तिक, काठमाडौँ । सोलुखुम्बु जिल्लाको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।
आज पर्यटक उद्धारका लागि त्यसतर्फ गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनाबाट पाइलटलाई उद्धार गरिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसीले उक्त अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको पुष्टि गरिन् । यात्रुहरू नभएका कारण मानवीय क्षति भने नभएको बताइएको छ ।





