१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सम्पन्न भएको छ ।
आज सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए ।
कार्यसमितिको बैठक २०८२ कात्र्तिक १४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बीपी नगर, ललितपुरमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आज बैठकमा धारणा व्यक्त गरेका छन्ः आजको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के।सी।, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू— इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।







