१४ कात्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र नियम विपरीत निर्माण भएका संरचना सात दिनभित्र हटाउन आदेश दिएका छन्।
असोज २ गतेको संयुक्त बैठकको निर्णयअनुसार आज सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।
निर्देश पालना नगरेमा काठमाडौं महानगरपालिका भित्रका साथै सिमानासम्बन्धी सार्वजनिक क्षेत्रहरूमा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
महानगरपालिकाले खोलाकिनारमा अतिक्रमण गरी बसाइएका बस्तीहरू खाली गराउने प्रयास गर्दै आएको छ। कतिपय स्थानमा सफलता भेटिए पनि, बागमती नदी किनारको सुकुमबासी बस्ती र केही अन्य संरचना अझै हटाउन सकिएको छैन।





