सामाजिक सञ्जाल

भट्टराईको आह्वान: ‘एमालेलाई नयाँ युगमा पुनर्गठन गरौँ’

फाइल तस्विर

२२ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीलाई मदन भण्डारीले स्थापना गरेका विचार र मान्यताका आधारमा पुनर्गठन गर्न आह्वान गरेका छन् ।

भट्टराईले लेखेका छन्, “हामी चाहन्छौँ, हामी बनाउँछौँ। एमाले सबैको सम्मान र आत्मगौरव युक्त, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित, सभ्य, शिष्ट र सुसंस्कृत पार्टी हो। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली हाम्रो पहिचान हुन्।”

सचिव भट्टराईले विविधता बीचको एकतालाई बलियो बनाउँदै पार्टीलाई बहुआयामिक रूपमा पुनर्गठन गर्न सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे। उनले उद्धृत गरेका छन् – ‘बादे बादे जायते तत्व बोध’, जसले विचार र बहसबाट सत्य र सही दिशा प्राप्त हुने बताए।