मनोरञ्जन

समाजशास्त्रमा स्नाकोत्तर, हँसिलो अनुहारकी कल्पना मिसेस नेपाल वल्र्ड २०२५ की चर्चित प्रतिस्पर्धी

२५ कात्तिक, काठमाडौं । मिसेस नेपाल वल्र्ड २०२५ का चर्चित प्रतिस्पर्धी मध्ये एक हुन कल्पना विष्ट । हँसिलो अनुहार भएकी कल्पनाको जन्म र वाल्यकाल ललितपूको जाउलाखेलमा बित्यो । उनी अहिले केवल एक प्रतिस्पधी मात्र नभएर शिक्षा, सञ्चार र वालबालिकामा समर्पित एक प्रेरणादायी ब्यक्तित्वका रुपमा चिनिदै आएकी छिन् ।

२५ बर्ष देखि शैक्षिक क्षेत्रमा निरन्तर कार्यरत विष्टले समाजशास्त्रमा स्नाकोत्तर तथा संङ्गसंगै कानुनमा पनि स्नातक तहसम्मको अध्यायन गरेकी छन् । शिक्षा तथा सञ्चार क्षेत्रको पहिचान बनाउन सफल व्यतित्वका रुपमा कल्पना विष्ट आज देशभर परिचित नाम बनिसकेकी छिन् । उनि करिब २० वर्ष यता रेडियो कान्तिपूरमा RJ भई बिभिन्न भोइस ओभर गर्दै आएकी छिन् । बहुप्रतिभा शाली कल्पना एक प्रेरणदायी वक्ता मात्र नभइ एक उत्कृष्ट अभिभावक, प्रशिक्षकका रुपमा परिचित हाल युनाइटेड प्रि स्कुलकी प्रमुख रहेकी छिन् ।

कान्तिपूरकी RJ को रुपमा श्रोतालाई मनोरञ्जन मात्र होइन शैक्षिक सन्देश र सकारात्मक सोच फैलाउने काम पनि गरेकी छन् । सञ्चार र शिक्षाको संयोजन मार्फत उनले समाजमा वालमनोविज्ञान अनुशासन र समय व्यवस्थापन जस्ता विषयमा जनचेतना फैलाउँदै आएकी छन् ।

उनका अनुसार
बालशिक्षा भनेको केवल अक्षर चिनाउने काम मात्र होइन साना बालबालिकाहरुलाई आत्माविश्वास, सृजनशीलता र प्रेमसहित जीवनको मूल्य सिकाउने यात्रा हो । कल्पना विष्टको समर्मण, नेतृत्व र अनुभवले धेरै नयाँ शिक्षक र अभिधावकहरुलाई प्रेरणा दिइएको छ । अनि शिक्षक कार्यसंग शिक्षक, विकास, विद्यालय व्यवस्थापन र बालमैत्री वातावरण निरन्तर सक्रिय रहेकी छिन् ।
सहकर्मीहरुको भनाइमा विष्ट एक दयालु, अनुशासित र लक्ष्य केन्द्रित व्यक्ति हुन् यसको मार्गदर्शनले विद्यालय समुदायमा सकारात्मक परिवर्तन आएको छ ।

शिक्षा र सञ्चार दुवै क्षेत्रमा उनको सक्रियता र योगदानले कल्पना विष्टलाई शिक्षा र प्रेरणाको स्वरका रुपमा स्थापित गरेको छ । Mrs. Nepal Words मा जानुको उनको motive सबैको लागि गुणास्तरीय शिक्षाको निश्चितता हो । किनकी आजको शिक्षित समाज नै भोलीको समृद्दि नेपाल हो । शिक्षा नै यस्तो एउटा शक्तिशाली अस्त्र हो, जसले हाम्रा बालबालिकालाई सवल, सक्षम र आत्मनिर्भर बनाउछ ।
उतः उनको यही लगनशिलता र आत्मविश्वासका कारण बहुप्रतिभाशाली कल्पना Mrs. Nepal World २०२५ को ताज पहिरिने दावेदार मध्येकी एक हुन् ।