२७ कात्तिक, काठमाडौं । शिक्षामन्त्री महाबीर पुनले निकोलस भुसालको योजनालाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका छन् । उनले निकोलसले हरेक नेपालीलाई करोडपति बनाउने योजना “हावामा उडेको कुरा” भएको बताएका छन्।
पुनका अनुसार, निकोलसले हरेक नेपालीलाई १२ वटा सालका रुख बाँडिदिने र त्यसबाट करोडपति बनाउने भनाइ वास्तविकताभन्दा टाढाको कल्पना मात्र हो ।
उनले भनेका छन्, “ए बल्ल थाहा भयो, निकोलस भाइले हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे, त्यसो गर्दा नेपालको वातावरण के हुन्छरु ३६ करोड सालको रुख कहाँ बेच्ने ?”
मन्त्री पुनले यस्तो प्रस्ताव व्यवहारिक नभएको उल्लेख गर्दै १०० प्रतिशत हावामा आधारित कुरा भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्ता अव्यावहारिक प्रचारहरूले जनतालाई भ्रममा पार्न सक्ने भएकाले यथार्थपरक सोच र वैज्ञानिक दृष्टिकोण आवश्यक छ।






