समाचार

प्रधानमन्त्री कार्कीले बुधबार १२३ दलसँग चुनावबारे छलफल गर्ने

२ मङ्सिर, काठमाडौँ । भोाली प्रधानमन्त्री सुशीला कार्कीले १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छिन् । निर्वाचन आयोगमा दर्ता भएका दलहरुसँग कार्कीले छलपल गर्न भएकी हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार बधुबार अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल हुने छ ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् । उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।