सामाजिक सञ्जाल

कल्याण गुरुगँ भन्छन्: विवेक गुमाउने छुट हामी कसैलाई पनि छैन

१० म‍सिर, काठमाडौँ । नेकाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुगँले, ‘विवेक गुमाउने छुट हामी कसैलाई पनि छैन’ भनेका छन् ।

उनले, ”नेपाली कांग्रेसका आदरणीय सभापति शेर बहादुर देउवा हामी सबैको आदरणीय पार्टी सभापति हो । वहां प्रत्येक नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्यहरुको मात्र होईन, सबै भ्रातृ एवं शुभेच्छुक संघ र संस्थाहरु एवं विदेश स्थित जन सम्पर्क समितिका सम्पुर्ण सदस्यहरुको पनि राजनीतिक र वैधानिक रुपमा नै पार्टी सभापति हो ।” भन्दै उक्त कु्रा सामाजीक सँजालमार्फत बताएका हुन् ।

उनले लेखेका छन् :

नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेर बहादुर देउवा हामी सबैको आदरणीय पार्टी सभापति हो ।

वहां प्रत्येक नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्यहरुको मात्र होईन, सबै भ्रातृ एवं शुभेच्छुक संघ र संस्थाहरु एवं विदेश स्थित जन सम्पर्क समितिका सम्पुर्ण सदस्यहरुको पनि राजनीतिक र वैधानिक रुपमा नै पार्टी सभापति हो ।

यसैगरी, नेपाली कांग्रेसका कार्यवाहक सभापति आदरणीय श्री पुर्ण बहादुर खडका राजनीतिक र वैधानिकरुपमा नै हामी सबैको आदरणीय कार्यवाहक पार्टी सभापति हो ।

यसमा पनि कसैलाई कुनै सन्देह छ र ?

कसैलाई मन परेन भन्दैमा आफ्नै पार्टीको आदरणीय पार्टी सभापतिको पदीय, व्यक्तिगत, वैधानिक र कानुनी मर्यादामा आंच पुग्ने गरि सामाजिक संजाल रंगाएर प्रतिस्पर्धीहरुले जुंगा मुसार्ने र जगत् हंसाउने कार्य गर्नु अबोध बालहठ मात्रै हो ।

बालबालिकाहरुले सानो सानो चकलेटको लागि कुरा नबुझेर गरेको झमेला जस्तै हो ।

साथीहरुलाई यति धेरै बालखपन पनि सुहाउदैन यो उमेरमा ।

अरुको व्यक्तिगत सम्मान गर्न नजाने पनि, अरुको उमेरको ईज्जत गर्न नसके पनि कम्तिमा आफु स्वयंको र आफ्नो उमेरको त आफैले ईज्जत गरौं साथीहरु ।

हामीले पार्टीका सभापति, कार्यवाहक सभापति, पदाधिकारीहरु र पार्टीका नेताहरुको पदीय र व्यक्तिगत मर्यादाको सदैव ख्याल राख्नु पर्छ र ईज्जत गर्नु पर्छ । यसैगरि पार्टिका हरेक सदस्य साथीहरुको पनि मान, सम्मान, ईज्जत र मर्यादाको सदैव हेक्का राख्नु पर्छ ।

पार्टीका साथीहरुले नेपालको संविधान र नेपाली कांग्रेसको विधान, नियमावली र कार्यविधिको पनि अध्ययन गर्दै त्यसमा निहितार्थ ज्ञानहरुको पनि हेक्का राख्नु पर्छ ।

लोकलज्जाको पनि ख्याल गर्नु पर्छ । नेपालको निर्वाचन सम्बन्धि ऐनलाई पनि ध्यानमा राख्नु पर्ने हुन्छ ।

केटाकेटीहरुले अरुलाई हिलो छ्यापे भन्ने भ्रम पालेर आफु स्वयं हिलोले लतपतिएर हिलाम्मे भएको बालबालिका जस्तो जिद्दी गर्नु पनि राम्रो होईन ।

हिजोको दिनमा आदरणीय श्री विश्वेश्वर प्रसाद कोईराला सभापति र आदरणीय श्री कृष्ण प्रसाद भट्टराई कार्यवाहक सभापति हुनु भएको समयलाई सम्झौं, पढौं र मनन गरौं !

यसको साथसाथै आदरणीय श्री गिरिजा प्रसाद कोईराला सभापति र आदरणीय श्री सुशील कोईराला कार्यवाहक सभापति हुनु भएको दिनहरुलाई पनि सम्झौं, अध्ययन गरौं र ती अध्यायलाई पनि मनन गरौं । ती दिनहरुमा भएका मननीय अभ्यासहरुलाई पनि आत्मसात् गरौं ।

नेपालको संविधान, नेपाली कांग्रेसको ईतिहास, विधान र नियमावली र नेपालको निर्वाचन सम्बन्धी ऐनलाई पढौं, अहिलेका धेरै अनुत्तरित प्रश्नहरुको स्वतस्फुर्त र स्वभाविक उत्तर त्यसमा निहित छ ।

यसर्थ,

विवेक गुमाउने छुट हामी कसैलाई पनि छैन ।

अहिले संवाद, सहमति र एकताको समय हो ।

आवेग, आवेश, आक्रोश र उत्तेजनाको समय होईन ।

अहिले शान्ति, संयम, धैर्य र विवेकको समय हो ।

आफु सम्हालिने र साथीहरुलाई सम्हाल्ने समय हो ।

अन्त्यमा,

अंग्रेजीमा एउटा भनाई छ –

“Never assume the loud means strong and quiet means weak.”

किमधिकम् ।

जय नेपाल !