आर्थिक

जेनजी प्रति आक्रोशित हुँदै महावीर पुनकाे प्रश्न ‘सिंहदरबार घेरेर मात्र देश विकास हुन्छ र ?

१० मङ्सिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनःले जेएनजीले सिंहदरबार घेर्न खोजेको प्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा लेख्दै, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले  खाेई त बुझेको ?’ भन्दै कडा प्रश्न गरेका छन् । 

उनले मिराज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको विषयलगायत पछिल्ला जेएनजीका गतिविधिका विषयमा लेख्दै उक्त प्रतिक्रिया दिएका हुन् । उनले वर्तमान सरकारको एक मात्र कार्य निर्वाचन गराउने भएको भन्दै आउँदो निर्वाचनमा युवाहरिलाई विजय गराएका जेनजीका मागहरू पुरा गर्नुपर्ने सल्लाह जेएनजीलाई शिक्षामन्त्री पुनले दिएका छन् । 

उनले प्रश्न गर्दै भनेका छन्, ‘बुढा नेताहरू लोभी पापी र स्वार्थी समुहहरुले घेरिएका रहेछन्, जसले देशको संयन्त्रको बर्बाद गरिरहेका छन् अब देश कसरी बन्छ ?’