सामाजिक सञ्जाल

जेनजी नेता मिराजको गुनासो: ‘हल्ला मात्रै चल्यो, आवाज सुन्न सरकारले चासो देखाएन’

१० मङ्सिर, काठमाडौं । जेनजी अभियानका नेता मिराज ढुंगाना सरकारले आफूहरूका आवाज र मागप्रति बेवास्ता गरेको भन्दै सार्वजनिक रूपमा गुनासो व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले जेनजी आन्दोलनलाई बदनाम गर्न धेरै प्रयास भए पनि सरकारले वास्तविक मुद्दा सम्बोधन गर्न नचाहेको आरोप लगाए।

ढुंगानाले भने, “जेनजी–जेनजी भनेर हल्ला मात्रै चल्यो, तर बदनाम चाहिँ हामी नै भइदियौँ। हामीले बनाएको सरकारले हाम्रो आवाज त सुन्दैन, माग त पूरा गर्ने कुरा त झन् टाढै रह्यो।”

हालैका प्रदर्शन र आवाज उठाइरहेका युवाहरूले सरकारसँग संवाद र समाधानको अपेक्षा राख्दै आएका छन्। तर जेनजी नेतृत्वका अनुसार सरकार वा सम्बन्धित निकायको तर्फबाट ठोस चासो देखिएको छैन।

ढुंगानाले सरकारले युवाहरूका माग र आकांक्षा बुझ्नुपर्ने भन्दै जेनजी अभियान अझ सशक्त रूपमा अगाडि बढ्ने चेतावनी पनि दिएका छन्।