राजनीति

बिहीबारको नेपाली काँग्रेसको केन्द्रीय समिति पुनः सर्यो बैठक

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सरेको छ । ११ गते बिहीबार दिनको २ः०० बस्ने भनिएको बैठक मंसिर १२ गते शुक्रबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा नै बस्नेृगरी सरेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।


बिशेष महाधिवेशनको बिषयमा स.सथापन पक्षले निर्णय गर्न नसकेपछि सहमतीका लागि बैठक सरेको काँग्रेस नेतृत्वको दाबी छ । यसअघिको बेठकमा महाधिवेशनबाहेकको निर्णय नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले गरिसकेको छ।