१९ मङ्सिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रतिनिधि मन्त्री महावीर पुनले विश्वविद्यालयको उपकुलपतिमा जागिर खाने इच्छा भएकाहरूले आफूलाई सम्पर्क गर्न भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दे आफूहरूले पटक–पटक पत्रिकामा सूचना प्रकाशित गर्दा पनि जागिर खाने देशभक्त प्राध्यापक डाक्टरहरू नआएकोमा दुःखमनाउ गर्दै उक्त दशरथ चन्द विश्वविद्यालयको उपकुलपतिका लागि १० वर्ष अनुभव भएकालाई तत्काल सम्पर्क गर्न अनुरोध गरेका छन् ।
मन्त्री पुनःको सम्पर्क नम्बर Mobile/Viber/WhatsApp +9779841592361 रहेको छ ।






