२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री शुसीला कार्की र पुर्व राष्ट्रपति विद्यादेबी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन् । उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





