२५ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पदम गिरीले पार्टीको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा देशी–विदेशी शक्ति र सरकारले मिलेर महाधिवेशन भाँड्ने दाउ चलिरहेको आरोप लगाएका छन्।
फेसबुकमार्फत् प्रतिक्रिया व्यक्त गर्दै गिरीले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि षड्यन्त्र गरिरहेको दाबी गरेका छन्। उनले पछिल्ला दुई दिनमा सरकारमा रहेका व्यक्तिहरूले रातारात गरेका भेटघाटले अझ शंका बढेको बताएका छन्।
गिरीले यस्तो कदमले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै, षड्यन्त्रमा संलग्न जो कोहीलाई पनि इतिहासले माफी नदिने उल्लेख गरेका छन्।





