काठमाडौं, २५ मंसिर। पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा नगद जलेको भन्ने हल्ला गलत भएको दाबी गरेकी छन्।
उनका अनुसार, उछृङ्खल व्यक्तिहरूले निवासमा प्रवेश गरी आगजनी र आक्रमण गरे पनि रकम जलेको भनी फैलाइएको सूचना आधारहीन छ। आरजु देउवाले रिट निवेदन खारेज गर्न अदालतसँग अनुरोध गरेकी छन्।





