काठमाडौं, २५ मंसिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारले गरेको सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’ भन्दै अस्वीकार गरेका छन्।
काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले वर्तमान सरकारसँग प्रणाली वा व्यवस्थामा सम्झौता गर्ने कुनै म्याण्डेट नभएको बताए। उनले संसद पुन:स्थापनाको विकल्प नभएको पनि जोड दिए।





