समाचार

भदौ २३–२४ को घटना र दुष्प्रचारप्रति पोखरेलको स्पष्ट जवाफ

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३–२४ का घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने दुष्प्रचार भएको बताएका छन् ।

भक्तपुर सल्लाघारीस्थित महाधिवेशन उद्घाटन कार्यक्रममा उनले भने, “जेनजी आन्दोलनको भावनामा खेलेर लोकतन्त्र कमजोर पार्ने प्रयास भयो, तर एमालेले आफ्नो महाधिवेशनमार्फत स्पष्ट सन्देश दिएको छ।”

पार्टीले आगामी नीति कार्यान्वयन गर्ने नेतृत्व चयन गर्ने तयारी गरिरहेको र एमाले अझ शक्तिशाली बन्ने महासचिव पोखरेलको विश्वास छ।