बाग्मती

एमाले केन्द्रीय कमिटीमा युवालाई प्रतिनिधित्व दिने बारे बहस

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवालाई १५ प्रतिशतसम्म प्रतिनिधित्व दिने तयारी गरेको छ।

प्रचार प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा सहभागी ‘अन्डर फोर्टी’ प्रतिनिधिहरुको क्लस्टर तयार पारेर नेतृत्वलाई जिम्मेवारी दिइएको छ।

दशौं महाधिवेशनबाट निर्वाचित २५१ सदस्यीय कमिटीलाई बढाएर ३०१ सदस्य बनाइएको छ। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी संरचना तय गरिएको छ। निर्णय महाधिवेशनको बन्दसत्रबाट अनुमोदन गरिनेछ।