समाचार

एमाले महाधिवेशनको मतदान ढिलो हुने, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

१ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समयभन्दा ढिलो सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार दिउँसो १२ बजेदेखि मतदान गर्ने तालिका बनाएको थियो। पछि समय सारेर साँझ ४ बजेदेखि मतदान हुने भनिए पनि अझै सुरु हुन सकेको छैन।

उम्मेदवारको नाम तलमाथि परेका कारण मतपत्र सच्याउन र फोटोको पुनः कोडिङ गर्नुपरेपछि ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। प्राविधिक तयारीका कारण राति ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्ने अनुमान गरिएको छ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।