१ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आयोगले केहीबेर अघि मात्र आरोपपत्र पेश गरेको हो, जसको हाल रुजु प्रक्रिया चलिरहेको छ।
पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएको एक सातामै सोही आयोजनासँग जोडिएका तत्कालीन प्रमुखमाथि अर्को मुद्दा दायर भएको हो।





