४ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले सम्हालिआएको खानेपानी मन्त्रालयको कार्यभारसमेत आज श्रममन्त्री भण्डारीले सम्हाल्नेगरी तोकेएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





