८ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबिचको भेटवार्ताले राजनीति माहौल तताएको छ ।
सोमबार भएको लामिछाने र साहबिचको भेटवार्तापछि रास्वपा र बालेन शाहलगायतका वैकल्पिक सक्तीहरूमिल्ने प्रकृया अगाडी बढ्न लागेको सङ्केत देखिन्छ ।
रवि लामिछानेका विरुद्ध अभिव्यक्ति दिएका बालेन शाहले रविसँग ४ घण्टा कुराकानी गरेर एउटै गाडीमा बाहिर निस्किएको भन्ने समाचार आएपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्टलगायत पार्टीहरूमा भुईँचालो जाने गरी हलचल भएको छ ।
दुई नेताहरूको मिलन चाहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्नेहरूले दुई नेताहरूको तस्बिर राखेर शुभकामना दिइरहेका छन् भने मुख्य मिडियाहरूले पनि उनीहरूको मिलनको प्रयासको समाचारलाई प्राथमिकताका साथ छापेको छन् ।
बालेन, रवि, कुलमान, हर्क, गोपाल हमाललगायतका नयाँ दल र त्यस दलका नेताहरूलाई मिलेर एउटै पार्टी बनाएर हिँडाउने दबाब सर्वसाधारणले दिएका छन् ।





