१० पुस, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन्।
उनले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भनेकी छिन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।”
प्रधानमन्त्री कार्कीले विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको पनि उल्लेख गरेकि छिन् ।
उनले ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकि छिन् ।





