राजनीति

काँग्रेस बिशेष महाधिवेशनः कृयाशील सदस्यता नटुंगिएकका कारण अन्यौलमा

११ पुस, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बिशेष महाधिवेशन अनिवार्य भएको बताएका छन् ।
उनले आज बिशेष महाधिवेशन पक्षधरहरु महाधिवेशन गर्न दबाब दिन आएको समयमा बोल्दै कसरी महाधिवेशन गर्न सकिन्छ त्यो केन्द्रीय र कार्यसम्पादन समितिमा आफुले छलफल गर्ने र त्यसका लागि पहल गर्ने बताए ।
दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित असोज २९ गते कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझएको तीन महिनामा महाधिवेशन गर्नुपर्ने हुन्छ । त्यही अनुसार महामनत्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको दबाबले ४० प्रतिशत (विधानको १७(२) अनुसार) पुगे हुनेमा ५४ प्रतिशत भन्दा बढी हस्ताक्षर गरेर बुझाएपछि पनि पौष १६ गतेदेखी महाधिवेशन गर्न मिति तोकिए पनि महाधिवेशन कृयाशील सदस्यताको टुंगो नलागेका कारण गाह्रो भएको बताईरहेका बेला आज महाधिवेश पक्षधरको दबाब आएको हो ।
नम्बर नभएको कृयाशील फारम पठाएका कारण पुन नम्बर भएको फारम पठाउँदा काँग्रेसको कृयाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । यस अवस्थामा महाधिवेशन गर्नुपर्ने र सार्नुपर्ने दबाब कार्य सम्पादन समितिलाई मात्र नभएर महामन्त्रीद्वयलाई नै भएको देखिन्छ ।