१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले नियमित महाधिवेशन सुनिश्चित गर्न महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने तयारी गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयमा क्रियाशील सदस्यता पूरा नभएको र पुरानो तालिका अव्यवहारिक भएको बताएको छ।
बैठकमा नयाँ व्यहारिक कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ, तर अहिलेसम्म टुंगोमा पुगेको छैन।





