२० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दल समेटेर नेकपा गठन भएपछि यो उनको पहिलो दिल्ली भ्रमण हो ।
प्रचण्ड तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न दिल्ली जान लागेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार कार्यक्रम एक महिना अघि नै तय भएको हो र प्रचण्ड सोमबार नै स्वदेश फर्किने छन् ।
फागुन २१ गते हुने चुनावको सन्दर्भमा उनको दिल्ली यात्रालाई चासोका साथ हेरिए पनि सन्देश सभाबाहेक अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयले जनाएको छ ।





