३० पौस, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २४ औं वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय, गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा आजे बुधबार सम्पन्न भएको छ ।
सो सभामा अध्यक्ष युवराज भण्डारीले पेश गरेको आ.ब. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।
यस संस्थाले हाल Chip Based Debit Card, SMS Alert, E-Banking, Mobile Banking, Nepal Pay QR, E-Sewa, Fonepay, Khalti, Corporate Pay, ECC, RTGS, NCHL IPS, Connect IPS Service, Safe Deposit Locker, National Payment switch (NPS) विप्रेषण सेवा, DP, C-ASBA, QR Teller लगायतका सेवाहरु प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा रु. ५ लाख सम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गदैं जाने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।





