२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहमा रेणु दाहालको प्रशंसा गरेका छन्।
प्रचण्डले भने, रेणुलाई विकासवादी र विकास प्रेमीको रूपमा आफूहरूले होइन, यहाँका जनताले नै स्थापित गरेको बताएका छन्। उनले थपे, “रेणुको नाम अब विकासवादी रेणु, विकास प्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो, मैले–हामीले गरेका होइनौं। यसलाई आदर्श मानेर अगाडि बढ्न जरुरी छ।”
यसै क्रममा प्रचण्डले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीका कारण २४ भदौमा राष्ट्र संकटमा परेको टिप्पणीसमेत गरेका छन्।





