समाचार

नेपाली कांग्रेस केन्द्रीय बैठक आज, गगन थापा घोषित हुँदै प्रधानमन्त्री उम्मेदवार

९ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज केहीबेरपछि सुरु हुँदैछ। विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुग्दैछन्।

बैठकले सभापति थापालाई प्रधानमन्त्रीको भावी उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ। उपसभापति पुष्पा भुसालका अनुसार, बैठकमा निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन हुने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने छ।

बैठकअघि पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती देखिएको छ।

सभापति थापाले बैठकपछि सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव प्रचार सुरु गर्ने कार्यक्रम तय गरेका छन्। अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन्।